यार्सागुम्बा टिप्न गएका युवकको भिरबाट लडेर मृत्यु

Image

यार्सागुम्बा सङ्कलन गर्न गएका गोरखाका एक युवकको भिरबाट लडेर मृत्यु भएको छ।

दाजुभाइसँगै यार्सा टिप्न गएका चुमनुब्री गाउँपालिकाऔ३ पाङसिङका २५ वर्षीय प्रकाश गुरुङको भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, गोरखाले जनाएको छ।

‘आफ्नै चार दाजुभाइ यार्सागुम्बा टिप्न गएका थिए। प्रकाश अघिअघि हिँडेका रहेछन्,’ वडा सदस्य गुरुङले भने, ‘साँझमा बास बस्ने ठाउँमा नभेटेपछि खोज्ने क्रममा राति ग्ल्यासियरमा शव फेला परेको हो।’

बुद्ध हिमालको फेदबाट यार्सागुम्बा सङ्कलन गरेर फर्कने क्रममा भिरबाट लडेर मृत्यु भएको वडा सदस्य विकास गुरुङले जानकारी दिए। प्रकाशको शव गाउँमा ल्याएर गुरुङ परम्पराअनुसार अन्त्येष्टि गरिएको विकासले बताए।