शनिबार उत्तरी गाजामा रहेको प्यालेस्टिनी प्रहरी चौकीमा इजरायलले गरेको हवाई हमलामा कम्तीमा पाँच प्रहरी अधिकारी मारिएका छन्।
साथै एकजना १३ वर्षीय बालक पनि मारिएको र धेरै जना घाइते भएको गाजा प्रहरीले जनाएको छ। इजरायलले हमास लडाकुविरुद्ध आक्रमण तीव्र पारेका बेला यो घटना भएको रोयटर्सले जनाएको छ।
अक्टोबरमा अमेरिकाको नेतृत्वमा भएको युद्धविरामपछि हमासको नियन्त्रणमा आएका गाजाका क्षेत्रमा सुरक्षा कायम राख्न जिम्मेवार गाजा प्रहरी निर्देशनालयले विज्ञप्ति जारी गरी भनेको छ, ‘तावाम क्षेत्रमा रहेको प्रहरी चौकीमा दुईवटा क्षेप्यास्त्र खसेका छन्।’
यस विषयमा प्रतिक्रियाका लागि अनुरोध गर्दा इजरायली सेनाले तुरुन्तै जवाफ नदिएको रोयटर्सले उल्लेख गरेको छ।
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको गाजा योजना अगाडि बढाउन हमासका १० हजार प्रहरी अधिकारी वार्तामा बाधा बनेका छन्।















