तालिमका क्रममा बेहोस भएका सशस्त्रका जवान भेट्न पुगे सुधन

Image

तालिमको क्रममा बेहोस भएका ६ जना सशस्त्र प्रहरी जवानको होस खुलेको छ। कैलालीको टीकापुरस्थित सशस्त्र प्रहरी बल नेपाल राजश्व, भन्सार तथा औद्योगिक तालिम शिक्षालयमा तालिम लिइरहेका ७ जना जवान बेहोस भएका थिए।

त्यसमध्ये स्काई ट्रकमार्फत काठमाडौं ल्याइएका ६ जनाको बलम्बुस्थित सशस्त्र प्रहरी बल अस्पतालमा उपचारको क्रममा शुक्रबार राति होस खुलेको सहप्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।

उनीहरूको उपचार जारी रहँदा पूर्वगृहमन्त्री सुधन गुरूङ, सशस्त्र आइजिपी नारायणदत्त कँडेल लगायत अस्पताल पुगेका हुन्।

अत्यधिक गर्मीको बीच तालिम हुँदा उनीहरू बेहोस भएको सशस्त्र प्रहरी बलको भनाइ छ। अहिले उनीहरूको स्वास्थ्यमा सुधार देखिएको हो।