नेपाली कांग्रेसले कारबाही गरेपछि दुई वडाध्यक्ष पदमुक्त भएको छ।
निर्वाचन आयोगले बिहीबार सूचना जारी गर्दै गुल्मीको मुसिकोट नगरपालिका२ र धुर्कोट गाउँपालिका३ को वडाध्यक्ष पद रिक्त भएको जानकारी दिएको छ। मुसिकोट २ का वडाध्यक्ष रवीन्द्र केसी र धुर्कोट ३ का वडाध्यक्ष रवीन्द्र केसीको पद रिक्त भएको हो।
राजनीतिक दल सम्बन्धी ऐन र नियमावली अनुसार दल त्याग गरेको ब्यहोरा दलको केन्द्रीय समितिले निर्णय गरी आयोगलाई जानकारी गराउनुपर्ने व्यवस्था छ।

















