पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले प्रधानमन्त्री बालेन शाहलाई अप्रिय सत्य नबोल्न सुझाव दिएका छन् ।
सामाजिक सञ्जाल फेसबुक मार्फत भट्टराईले पदमा बहाल रहँदा ध्यान दिनुपर्ने कुरा भनेर यस्तो सुझाव दिएका हुन् । ‘पदमा बहाल रहेञ्जेल हाम्रो नीतिशास्त्रको यो पद्यांश निरन्तर स्मरण गर्दा राम्रो होला,’ उनले लेखेका छन्, ‘सत्य बोल प्रिय बोल, अप्रिय सत्य नबोल ।’
प्रधानमन्त्री बालेनले प्रतिनिधि सभामा उपस्थित भएर सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिनुलाई राम्रो भनेका छन् ।
















