सुन तोलामा ४ सय र चाँदी ५० रुपैयाँले बढ्यो

Image

नेपाली बजारमा मंगलबार सुन र चाँदी दुवैको मूल्य वृद्धि भएको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख ११ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार प्रतितोला ३ लाख १० हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ४ सय रुपैयाँले बढेको हो।

यसअघि सोमबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको थियो। तर मंगलबार पुनः मूल्य उकालो लागेको महासंघले जनाएको छ।त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ। सोमबार प्रतितोला ५ हजार ३ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला ५ हजार ४ सय ५ रुपैयाँ पुगेको छ। यो अघिल्लो दिनको तुलनामा प्रतितोला ५० रुपैयाँले बढी हो।

अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य उच्च स्तरमै कायम रहेको छ। मंगलबार सुन प्रतिऔंस ४ हजार ५ सय १७ अमेरिकी डलरमा कारोबार भइरहेको जनाइएको छ।