ओमानलाई ८ विकेटले हराउँदै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा

Image

नेपाली राष्ट्रिय क्रिकेट टोली एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश गरेको छ।आइतबार बिहान सिंगापुरमा भएको सेमिफाइनल खेलमा ओमानलाई ८ विकेटले हराउँदै नेपाल फाइनलमा पुगेको हो।

सिंगापुरमा टस जितेर पहिले ब्याटिङ गरेको ओमान १९.४ ओभरमा अलआउट हुँदै ९४ रनमा समेटिएको थियो।नेपालले उक्त लक्ष्य ९.२ ओभरमा २ विकेट गुमाएर पूरा गर्दै फराकिलो जित हासिल गरेको हो।