नेपाल टेलिकमले फिफा विश्वकप २०२६ लाई लक्षित गर्दै ‘फिफा वर्ल्डकप २०२६ टिभी प्याकेज’ सार्वजनिक गरेको छ। नेपाल टेलिकमका आइपी टिभी ग्राहकहरूले ९९९ रुपैयाँमा सो प्याकेज खरिद गरी विश्वकपका रोमाञ्चक खेलहरूको प्रत्यक्ष प्रसारण हेर्न सक्नेछन्।
एनटिटिभी ग्राहकहरूले आफ्नो टेलिभिजन सेटमार्फत हिमालय स्पोर्टस् च्यानल छनोट गर्नासाथ स्क्रिनमा एउटा छुट्टै इन्ट्री स्क्रिन प्राप्त हुनेछ। उक्त स्क्रिनमा नेपाल टेलिकमको प्रिपेड वा पोस्टपेड मोबाइल नम्बर राखेपछि ओटिपी प्राप्त हुनेछ। सो ओटिपी टिभी स्क्रिनमा इन्टर गरेपछि ग्राहकको मोबाइल ब्यालेन्सबाट ९९९ रुपैयाँ कट्टा भई प्याकेज तुरुन्त नियमित हुने टेलिकमले जनाएको छ। साथै, नजिकको नेपाल टेलिकमको ग्राहक सेवा केन्द्रबाट पनि उक्त प्याकेज सक्रिय गर्न सकिनेछ।
जेठ २६ देखि साउन ३ सम्म वार्षिक १०० एमबिपिएस वा सोभन्दा बढी गतिको इन्टरनेट विथ प्रिमियम आइपी टिभी प्याकेज नयाँ जडान गर्ने, नवीकरण गर्ने वा १०० एमबिपिएसभन्दा मुनिको प्याकेजबाट १०० एमबिपिएस वा सोभन्दा माथिको प्याकेजमा अपग्रेड हुने ग्राहकहरूले फिफा वर्ल्डकप २०२६ टिभी प्याकेज बोनसको रूपमा निःशुल्क प्राप्त गर्नेछन्। उक्त बोनस प्याकेज प्राप्त गर्न ग्राहकले आफ्नो मोबाइलबाट *१४१६# डायल गर्नुपर्नेछ।















