सेफ सन्तोष साह पक्राउ

Image

सेलिब्रेटी सेफ सन्तोष साह पक्राउ परेका छन् । साहलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले शुक्रबार पक्राउ गरेको हो ।

कार्यालयका एसएसपी सन्तोष खड्काका अनुसार उनलाई धनुषाको जनकपुर उपमहानगरपालिका-८ रामानन्द चोकबाट पक्राउ गरिएको हो।सन्तोष जिल्ला सिराहाको कर्जन्हा नगरपालिका-११ का हुन्। उनीसँगै कर्जन्हा-९ का नारायण साह सुडीलाई पनि पक्राउ गरिएको छ।

एसएसपी खड्काका अनुसार सकुन्तला थापा नाम गरेकी महिलाले ठगी सम्बन्धमा जाहेरी दिएकी थिइन् । सो आधारमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर साहसहित दुई जनालाई पक्राउ गरिएको हो । गैरीधारास्थित एक रेस्टुरेन्टखरिद गर्दा उनले उक्त कसुर गरेको आरोप छ । उक्त रेष्टुरेन्ट एक करोड ३० लाख खरिद गरेको तर केही बाँकी रकम नदिएको उनीमाथि आरोप छ ।