विश्वकपमा मेरो फेभरेट देश खेलेको छैन : प्रधानमन्त्री

Image

प्रधानमन्त्री बालेन्द्र शाहले फिफा विश्वकप फुटबलतर्फ संकेत गर्दै विश्वकपमा ‘फेभरेट’ देश नखेलेको बताएका छन् । शनिबार साँझ फेसबुकमा स्टाटस लेख्दै उनले यस्तो बताएका हुन् ।

‘धेरैजना साथीभाइले सोध्नुभो, तपाईंको फेभरेट देश कुन वर्ल्डकपमा ?,’ उनले लेखेका छन्, ‘मेरो फेभरेट देशले खेलेकै छैन ।’शनिबार साँझ साढे सात बजेतिर सार्वजनिक गरिएको उक्त पोस्टमा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले विभिन्न प्रकारका अनुमान र टिप्पणी गरिरहेका छन् ।

नेपाल हालसम्म फिफा विश्वकपमा छनोट नभएकाले उनले देशप्रतिको प्रेम दर्शाउँदै नेपाललाई नै आफ्नो रोजाइको राष्ट्र भन्न खोजेको धेरैको बुझाइ छ ।