साढे एक किलो कोकिनसहित तीन विदेशी नागरिक पक्राउ

Image

लागुऔषध कोकिनसहित तीन विदेशी नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा दुईजना महिला र एकजना पुरुष छन् ।

अफ्रिकी मुलुक सेनेगलका एक पुरुष र एक महिला छन् । त्यस्तै, एक भारतीय महिला पक्राउ परेकी हुन् । उनीहरूलाई लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरको टोलीले पक्राउ गरेको ब्युरोका एसपी दुर्गा रेग्मीले जानकारी दिए ।

पक्राउ परेकाहरूमा सेनेगलकी महिला सोनी अमुदा सारा र भारतीय नागरिक रुबी छन् । एसपी रेग्मीका अनुसार, उनीहरू कतार एयरवेजमार्फत जेठ २६ मा काठमाडौं आएका थिए ।

सोमबार भने उनीहरूलाई ठमेलको एक होटेलबाट पक्राउ गरिएको हो । पक्राउ परेकाहरूको साथबाट एक किलो ५०० ग्राम कोकिन बरामद गरेको छ ।

उनीहरूमाथि लागुऔषध कसुरमा अनुसन्धान थालेको जनाइएको छ ।