जेनजी आन्दोलनमा कारागारबाट भागेका व्यक्ति पक्राउ परेका छन् । चितवनको राप्ती नगरपालिका-११ थाकलटार बस्ने ४५ वर्षीय आइतसिंह लामालाई प्रहरीले आइतबार बिहान सवा ३ बजे उनकै घरुबाट पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता चन्द्र भुसन यादवका अनुसार लामाको साथबाट प्रहरीले भरूवा बन्दुक समेत बरामद गरेको छ। भदौ २४ गते उनी भरतपुर कारागारबाट भागेका थिए ।
त्यतिबेला एकसिंगे गैँडा मारेको कुसरमा उनीमाथि १५ वर्ष कैद र १० लाख जरिवाना तोकिएको थियो । लामामाथि आवश्यक अनुसन्धान भइरहेको चितवन प्रहरीले जनाएको छ ।














