सेफ सन्तोष साह हाजिरी जमानीमा रिहा

Image

चेक अनादर तथा ठगी सम्बन्धी मुद्दामा पक्राउ परेका चर्चित सेफ सन्तोष साह हाजिरी जमानीमा रिहा भएका छन्।काठमाडौंमा रेष्टुरेन्ट खरिद–बिक्रीको क्रममा दिइएको चेक अनादर भएको र ठगीको आरोपमा शनिबार पक्राउ परेका साहलाई आइतबार हाजिरी जमानीमा छाडिएको हो।

काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार अनुसन्धानका क्रममा आवश्यक पर्दा उपस्थित हुने सर्तमा साहलाई परिवारका सदस्यको जिम्मामा रिहा गरिएको हो।प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जनाएको छ। अनुसन्धानका क्रममा बोलाउँदा उपस्थित हुनुपर्ने शर्तसहित साहलाई हाजिरी जमानीमा छाडिएको प्रहरीको भनाइ छ।

साहमाथि रेष्टुरेन्ट खरिद प्रक्रियासँग सम्बन्धित आर्थिक कारोबारमा चेक अनादर र ठगीको आरोप लागेको छ। घटनाबारे थप तथ्य संकलन तथा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।