राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने बिहीबार काठमाडौं जिल्ला अदालत उपस्थित भएका छन् । सहकारी ठगी तथा रकम अपचलन सम्बन्धी मुद्दाको नियमित कानुनी प्रक्रिया अन्तर्गत उनी अदालत पुगेका हुन् ।
हुन त लामिछानेले यो तारिख बुझ्न रुपन्देही जिल्ला अदालतमा उपस्थित हुनुपर्ने कानुनी व्यवस्था थियो । तर, रुपन्देही जिल्ला अदालतले उनको व्यावहारिक सहजता र सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै काठमाडौंमै तारिख बुझ्न अनुमति दिएको थियो । सोही विशेष अनुमतिअनुसार लामिछाने बिहीबार काठमाडौं जिल्ला अदालत पुगेर आफ्नो तारिख नवीकरण गराएका हुन् ।















