काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलले आगामी आर्थिक वर्ष २०८३/८४ को लागि कार्यक्रम तथा बजेट, आर्थिक विधेयक र विनियोजन विधेयक प्रस्तुत गरेकी छन् ।
जारी नगर सभामा डंगोलले २५ अर्ब १३ करोड ३० लाख ५५ हजार रुपैया सञ्चित कोषमा व्ययभार पर्ने र ७५ करोड रूपैया अन्य वाह्य व्ययभार हुने गरी कुल २५ अर्ब ८८ करोड ३० लाख ५५ हजार रूपैयाको अनुमानित बजेट पेश गरेकी हुन् ।
चालू आर्थिक वर्ष २०८२-८३ का लागि २५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रूपैयाँको बजेट पारित गरेको थियो ।














