पोशाक खर्च प्रहरीलाई नै दिएर आफैंले खरिद गर्ने प्रक्रिया अघि बढाउँछौं : गृहमन्त्री

Image

गृहमन्त्री सुधन गुरुङले प्रहरीको पोसाक सम्बन्धित व्यक्ति आफैँलाई खरिद गर्न दिने सोच बनाइएको बताएका छन् । 

बिहीबारको प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलमा उठेको प्रश्नको जवाफ दिँदै पहिलेदेखि नै ट्रेन्डरमा समस्या भएको सुनिँदै आएको बताए । 

“जति रकम प्रहरीको पोसाकमा खर्च हुन्छ । त्यो रकम प्रहरीलाई नै दिने र उहाँ आफैँले खरिद गर्ने भन्ने सोच बनाएका छौँ,” उनले भने, “कुनै पनि विचौलियाले चलखेल नगरोस्, सुरक्षाकर्मीको पोसाकमा ।”