सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

Image

हिजो बढेको सुनचाँदीकै भाउ आज घटेको छ।  सुनको भाउ आज तोलामा १ हजार ६ सय रुपैयाँ घटेर २ लाख ८७ हजार १ सयमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

हिजो सुनको भाउ १ हजार ४ सय रुपैयाँ बढेर २ लाख ८८ हजार ७ सय पुगेको थियो।  गत शुक्रबार तोलामा १० हजार पाँचसय रुपैयाँ घटेको सुनको भाउ आइतबार तोलामा ६ सय रुपैयाँ बढेर २ लाख ८७ हजार ३ सय रुपैयाँ पुगेको थियो। 

त्यसैगरी आज चाँदीको भाउ पनि घटेको छ।  तोलामा १४० रुपैयाँ घटेर चाँदीको भाउ आज ४ हजार ५९० रुपैयाँमा झरेको महासंघले जनाएको छ। हिजो चाँदीको भाउ तोलामा ४० रुपैयाँ बढेर ४ हजार ७ सय ३० रुपैयाँ पुगेको थियो। 

गएको माघ १५ गते पनि सुनको भाउ तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर तीन लाख ३९ हजार तीनसय रुपैयाँ पुगेको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो। 

त्यसैगरि गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो।

माघ १५ गते चाँदीको भाउ तोलाको सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै सबैभन्दा बढी हो।