रास्वपा महाधिवेशन : केन्द्रीय सदस्यको मत परिणाम सार्वजनिक

Image

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य पदको मतपरिणाम सार्वजनिक भइरहेकाे छ । कुल ९९ सदस्यीय केन्द्रीय समिति गठनका लागि विभिन्न समावेशी समूह र प्रदेशबाट निर्वाचित हुने व्यवस्था गरिएको छ।

महाधिवेशनमा ३७९ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । निर्वाचन समितिका अनुसार खुला तथा समावेशी समूहबाट ६४ जना र सात प्रदेशबाट पाँच/पाँच जनाका दरले ३५ जना निर्वाचित हुनेछन्।

खुलातर्फ ३५ जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन् । समावेशी समूहअन्तर्गत खस–आर्यतर्फ १० जना निर्वाचित हुनेछन्, जसमा ५ पुरुष र ५ महिला रहने व्यवस्था छ।

आदिवासी जनजातितर्फ ९ जना निर्वाचित हुनेछन् । यस समूहबाट ५ पुरुष र ४ महिला निर्वाचित हुने निर्वाचन समितिले जनाएको छ ।

मधेसी समूहबाट ८ जना निर्वाचित हुनेछन्, जसमा ५ पुरुष र ३ महिला रहनेछन् । दलित समूहबाट ४ जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन् । यसमा २ पुरुष र २ महिला रहने व्यवस्था गरिएको छ ।

त्यस्तै मुस्लिम समूहबाट २ जना निर्वाचित हुनेछन्, जसमा १ पुरुष र १ महिला रहनेछन् । यसका अतिरिक्त सातै प्रदेशबाट पाँच–पाँच जनाका दरले ३५ जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन् ।