स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख मिनराज रानाको दुर्घटनामा निधन

Image

दुर्घटनामा परेका प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपमेयर मिनराज राना मगरको निधन भएको छ । जिल्लाका प्रहरी प्रमुख डिएसपी नरहरि अधिकारीका अनुसार स्वर्गद्वारी –२ बाङ्गेशालमा उपमेयर मगर सवार गाडी दुर्घटनामा परेको थिए ।

५० वर्षीय उपमेयर मगर गाडीसँगै मुनि च्यापिएको अवस्थामा भेटिएका थिए । शनिबार बेलुकी पौने ५ बजेतिर उपमेयर मगरले चलाएको लु.प्र.०१–००१ झ ०००८ नम्बरको गाडी स्वर्गद्वारी –२ बाङ्गेशालमा झन्डै ४०० मिटर मुनि रूखमा अड्किएको अवस्थामा दुर्घटनाग्रस्त भेटिएको प्रहरीले जनाएको छ ।

उपमेयर मगर स्वर्गद्वारीबाट धनवाङतर्फ जाँदै गर्दा दुर्घटनामा परेका थिए। उनी गाडीमा एक्लै सवार थिए।

घटनास्थल अस्थायी प्रहरी पोष्ट खालबाट अन्दाजी ९ किलोमिटर उत्तर पूर्व रहेको छ। उनी २०७९ वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा राष्ट्रिय जनमोर्चाबाट निर्वाचित भएका थिए।