पूर्णबहादुरले बोलाएको कांग्रेस समूहको बैठक बस्दै

Image

नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले आफूनिकट समूहका नेताको बैठक डाकेका छन् । खड्का निवास गोल्फुटारमा दिउँसो २ बजेदेखि बैठक बस्न लागेको हो ।

छलफलमा कांग्रेसको १४ औँ महाधिवेशनबाट निर्वाचित इतर समूहका पदाधिकारीसहित शीर्ष नेताको सहभागिता रहने छ । बैठकले काठमाडौँमा आयोजना गरिने राष्ट्रिय भेलाको तयारीबारे ठोस निर्णय लिने छ ।

बैठकमा सात बुँदे जवाफ र त्यसपछि विकसित राजनीतिक परिस्थितिबारे पनि समीक्षा गर्नेछ । विशेष महाधिवेशनबाट गगन थापा सभापति भएपछि खड्काले समानान्तर बैठक राख्दै आएका छन् ।