सिरियामा शक्तिशाली विस्फोट, म्याक्रों बस्ने होटल नजिक सुरक्षा कडा

सिरियाको राजधानी दमास्कसमा मंगलबार दुईवटा शक्तिशाली विस्फोट भएका छन्। विस्फोटपछि शहरमाथि बाक्लो धुवाँको मुस्लो उठेको दृश्य स्थानीय टेलिभिजन प्रसारणमा देखिएको छ।

प्रारम्भिक जानकारीअनुसार विस्फोटको कारण तत्काल खुल्न सकेको छैन भने मानवीय क्षति भएको वा नभएकोबारे पनि आधिकारिक पुष्टि भएको छैन।

स्थानीय सञ्चारमाध्यम तथा प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएअनुसार विस्फोटहरू फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन बस्ने तय गरिएको होटल नजिक भएका हुन्। घटनापछि सुरक्षा निकायले होटल आसपासका सडकहरू बन्द गर्दै व्यापक सुरक्षा व्यवस्था कडा बनाएको छ।

घटनाबारे सिरियाली अधिकारीहरूले विस्तृत विवरण सार्वजनिक गरेका छैनन्। विस्फोटको प्रकृति र त्यसको जिम्मेवारी कसैले लिएको छैन। अनुसन्धान जारी रहेको जनाइएको छ।