संसद्‌मा २० मिनेट बसेर निस्किए प्रधानमन्त्री बालेन शाह

Image

प्रतिनिधिसभा बैठकमा सहभागी हुन पुगेका प्रधानमन्त्री बालेन शाह र रास्वपा सभापति रवि लामिछाने केहीबेर बसेर निस्किएका छन् । बैठकमा सहभागी हुन केहीबेरअघि प्रधानमन्त्री बालेन र सभापति लामिछाने प्रतिनिधिसभा बैठकमा पुगेका थिए ।

उनीहरू बैठकमा सहभागी हुनका लागि दिउँसो १ बजेर ३७ मिनेटमा प्रवेश गरेका थिए । उनी करिब २० मिनेट बसेर निस्किए । बैठकमा सहभागी हुन पुग्नुअघि उनले सभामुख डोलप्रसाद अर्यालले करिब ५ मिनेट छलफल गरेका थिए ।