इरानी सेनाले भन्यो: अमेरिकाको आक्रमणमा हाम्रा ७ सैनिक मारिए

Image

इरानी सेनाले सिस्तान-बलुचिस्तानको बामपुर क्षेत्रमा रहेको सैन्य अड्डामा अमेरिकाले आक्रमण गर्दा सात जनाको मृत्यु भएको र धेरै जना घाइते भएको बताएको छ। 

इरानी सेनाको जनसम्पर्क विभागले जारी गरेको विज्ञप्तिअनुसार अमेरिकी सेनाले बुधबार बिहान बामपुरमा रहेको ब्यारेकको आवासीय क्षेत्रमा झन्डै १३ वटा मिसाइल हानेको थियो। 

बीबीसीको फारसी सेवाका अनुसार विज्ञप्तिमा इरानसहरमा रहेको ३८८औँ ब्रिगेडका सात सैनिक मारिएका हुन्। घाइते सैनिकहरूलाई भने अस्पताल भर्ना गरिएको छ। यसअघि इरानी सञ्चारमाध्यमले फारसी खाडी र हर्मुज स्ट्रेटनजिकै अवस्थित बामपुरसहित धेरैवटा तटीय सहरमा विस्फोट भएको उल्लेख गरेका थिए। 

यस विषयमा अमेरिकाबाट भने तत्काल कुनै प्रतिक्रिया आएको छैन।