आज पनि अवरुद्ध छन् यी ८ सडक

Image

वर्षासँगै बाढीपहिरो जाँदा देशका विभिन्न स्थानका ८ ठाउँमा आज पनि प्रमुख राजमार्ग अवरुद्ध भएका छन्। 

नेपाल प्रहरीले बुधबार बिहान सार्वजनिक गरेको विवरणअनुसार कोसी, बागमती, गण्डकी र कर्णाली प्रदेशका विभिन्न स्थानमा राजमार्ग अवरुद्ध भएका हुन्। 

इलाममा मेची राजमार्ग, सिन्धुली र काभ्रेमा बीपी राजमार्ग, सिन्धुपाल्चोकमा अरनिको राजमार्ग, मकवानपुरमा कान्तिलोकपथ, बागलुङमा कालीगण्डकी करिडोर, गोरखामा आरुघाट माछिखोला सडक र जाजरकोटमा भेरी करिडोर जाजरकोट डोल्पा सडक बाढी र पहिरोले अवरुद्ध भएका हुन्। 

प्रहरीले वर्षा जारी रहेकाले पहिरो र बाढीको जोखिम कायमै रहेको भन्द्र सडक अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा गर्न आग्रह गरेको छ। 

हेर्नुहोस् अवरुद्ध भएका र एकतर्फी गाडी चलिरहेका सडकको सूची