जर्मनीको मुख्य प्रशिक्षक बने जर्गेन क्लोप

Image

जर्मनीको राष्ट्रिय टिमको प्रशिक्षककमा शुक्रबार योर्गन क्लोप नियुक्त भएका छन् । लिभरपुलका पूर्वप्रशिक्षक रहेको क्लोपमाथि जर्मन फुटबललाई फेरि शक्तिका रूपमा ब्युझाउने जिम्मेवारी रहनेछ । उनलाई सन् २०३० सम्मका लागि जर्मनी फुटबल संघसँग अनुबन्ध गरेका छन् ।त्यसको अर्थ उनी त्यस वर्षको विश्वकपसम्म कम्तीमा जर्मन टिममा रहनेछन् । 

नयाँ जिम्मेवारी पाएयता उनले त्यसलाई ठूलो सम्मानका रूपमा हेरेको बताए । उनले भने, ‘म जर्मन टिमलाई विशेष बनाउन चाहन्छु र जर्मन टिमका खेल हेरेपछि सबै सन्तुष्ट हुन सक्नेछन् ।

यसअघिका प्रशिक्षक जुलियन नागेलसनले विश्वकप २०२६ मा जर्मनीको खराब प्रदर्शनपछि पद छाडेका थिए । जर्मनी प्रतियोगिताको अन्तिम १६ मा पनि पुग्न असफल रहेको थियो । क्लोपले सन् २०२४ मा आफू थाकेको भन्दै लिभरपुल छाडेका थिए ।