रास्वपाको केन्द्रीय समिति बैठक जारी, महाधिवेशन समीक्षा र साङ्गठनिक व्यवस्थापन मुख्य एजेन्डा

Image

सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा जारी छ।

बैठकमा हालै सम्पन्न पार्टीको महाधिवेशनको समग्र समीक्षा, आवश्यक कार्यविधिको तर्जुमा तथा परिमार्जन, साङ्गठनिक व्यवस्थापन, विभिन्न पदमा मनोनयनलगायत विषयमा विस्तृत छलफल भइरहेको रास्वपाले जनाएको छ।

पार्टीका अनुसार बैठकमा महाधिवेशनपछि संगठनलाई थप प्रभावकारी बनाउने रणनीति, संरचनागत व्यवस्थापन तथा आगामी कार्ययोजनाबारे पनि निर्णय लिने तयारी गरिएको छ।

यस्तै, आगामी दिनमा सञ्चालन गरिने पार्टीका अभियान, जनसम्पर्क कार्यक्रम तथा राजनीतिक गतिविधिबारे समेत बैठकमा छलफल हुने कार्यसूची रहेको रास्वपाले जनाएको छ।

बैठकबाट संगठन सुदृढीकरण, कार्यविधि परिमार्जन तथा आगामी कार्यक्रम सञ्चालनसम्बन्धी महत्वपूर्ण निर्णयहरू हुने अपेक्षा गरिएको छ।