सभामुखको आग्रह– संसदमा आएर बोल्नुस्, प्रधानमन्त्री बालेनको जवाफ: ‘विचार गर्छु’

Image

सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)लाई प्रतिनिधि सभामा उपस्थित भएर समसामयिक विषयमा सदनलाई सम्बोधन गर्न आग्रह गरेका छन्।

प्रधानमन्त्रीसँगको भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सभामुख अर्यालले आफूले संसदमा आएर समसामयिक विषयमा धारणा राख्न प्रधानमन्त्रीलाई आग्रह गरेको बताए।

‘मैले प्रधानमन्त्रीलाई समसामयिक विषयमा सदनमा सम्बोधन गर्नुस् भनेँ,’ सभामुख अर्यालले भने, ‘उहाँले “विचार गर्छु” भन्नुभएको छ।’

भेटमा भएका अन्य विषयबारे भने सभामुखले थप विवरण खुलाएका छैनन्।