हिजो तोलामा ५ हजार ३ सय घटेको सुनको भाउ आज बढेको छ। सुनको भाउ आज तोलामा ८ सय रुपैयाँ बढेर २ लाख ८४ हजार कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
हिजो सुनको भाउ तोलामा ५ हजार ३ सय रुपैयाँ घटेर २ लाख ८३ हजार २ सयमा झरेको थियो। त्यसैगरी आज चाँदीको मूल्य भने घटेको छ। चाँदीको भाउ आज तोलामा १० रुपैयाँ घटेर ४ हजार ३ सय १० रुपैयाँमा झरेको छ। हिजो तोलामा १ सय २५ रुपैयाँ घटेर चाँदीको भाउ ४ हजार ३ सय २० रुपैयाँ कायम भएको थियो।
गएको माघ १५ गते सुनको भाउ तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर तीन लाख ३९ हजार तीनसय रुपैयाँ पुगेको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।
त्यसैगरि गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो।
गएको माघ १५ गते चाँदीको भाउ तोलाको सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै सबैभन्दा बढी हो।














