नबिल बैंकले गत आर्थिक वर्षमा कुल ७ अर्ब ९० करोड ५७ लाख ९६ हजार रुपैयाँ नाफा कमाएको छ।
अघिल्लो वर्ष ५ अर्ब ९२ करोड २१ लाख ४४ हजार कमाएको बैंकले गत आवमा नाफा ह्वात्तै बढाएको हो।
चौथो त्रैमासिक अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकको सञ्चालन नाफा ११ अर्ब ५६ करोड ४५ लाख २६ हजार, खुद सञ्चालन आय १९ अर्ब ६५ करोड ७१ लाख ८८ हजार र कुल सञ्चालन आय २२ अर्ब ३३ करोड ४३ लाख ६१ हजार रुपैयाँ रहेको छ।
उक्त अवधिमा बैंकले १७ अर्ब ९२ लाख ८८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ।
बैंकले कुल वितरणयोग्य नाफा ५ अर्ब १६ करोड ९१ लाख ४८ हजार पुर्याएको छ। जुन अघिल्लो आवमा ३ अर्ब ८५ करोड ५५ लाख ६ हजार रुपैयाँ रहेको थियो।
बैंकको प्रतिसेयर लाभांश क्षमता १९.१० र प्रतिसेयर आम्दानी २८.३६ रुपैयाँ छ। बैंकमा खराब कर्जा ४.२० प्रतिशत रहेको छ।















