प्रधानमन्त्री शाह र भारतीय राजदूत श्रीवास्तवबीच ४५ मिनेट भेटवार्ता

Image

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री बालेन्द्र शाहसँग सोमबार शिष्टाचार भेटवार्ता गरेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा नेपाल–भारत सम्बन्ध, आपसी सहकार्य तथा द्विपक्षीय हितका विषयमा छलफल भएको बताइएको छ।

प्रधानमन्त्री बनेपछि शाहले भारतीय राजदूतसँग पहिलोपटक एक्लाएक्लै शिष्टाचार भेटवार्ता गरेका हुन्। यसअघि ‘प्रोटोकल’ नमिलेको भन्दै उनले विदेशी राजदूतसँग व्यक्तिगत भेटवार्ता नगरेको बताइएको थियो।

भेटमा राजदूत श्रीवास्तवले प्रधानमन्त्री शाहलाई शुभकामना दिँदै नेपाल–भारतबीचको ऐतिहासिक सम्बन्ध र सहकार्यलाई थप सुदृढ बनाउन भारत प्रतिबद्ध रहेको बताएका थिए।

प्रधानमन्त्री शाहले पनि नेपाल र भारतबीचको ऐतिहासिक तथा बहुआयामिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै साझा हितका क्षेत्रमा सहकार्य अघि बढाउनुपर्नेमा जोड दिएका थिए।

दुवै देशका प्रतिनिधिहरूको सहभागितामा भएको भेटवार्ता करिब ४५ मिनेट चलेको थियो।