उच्च अदालतहरूमध्ये सबैभन्दा बढी सदस्य भएको पाटन उच्च अदालत बार एसोसिएसनको कार्यसमितिको आज मतदान भइरहेको छ । उक्त निर्वाचनमा बृहत् प्रगतिशील तथा पेसागत समूह, डेमोक्रेटिक लयर्स एसोसिएसन र स्वतन्त्र कानुन व्यवसायी मञ्च गरी तीन समूहबीच प्रतिस्पर्धा हुँदैछ ।
प्रमुख निर्वाचन अधिकृत शान्तिराम खतिवडाका अनुसार विद्युतीय प्रणालीबाट मतदान भइरहेको छ । अहिलेसम्म ३०० कानुन व्यवसायीले मतदान गरिसकेका छन् ।
उक्त बारमा दुई हजार ३६६ जना मतदाता रहेका छन् । बृहत् प्रगतिशील तथा पेसागत समूहतर्फबाट अध्यक्ष सेवन्तराज निरौला, डेमोक्रेटिक लयर्स एसोसिएसनका तर्फबाट अध्यक्षमा देवीप्रसाद रिजाल र स्वतन्त्र कानुन व्यवसायी मञ्चका तर्फबाट भेषराज पोख्रेलले नेतृत्व गर्दै छन्।
नौ पदाधिकारीसहित १९ कार्यसमितिका लागि मतदान भइरहेका छ । आज बिहान ८ः०० बजेदेखि सुरू भएको मतदान ५ः०० बजेसम्म सञ्चालन हुनेछ ।














