स्थानीय बजारमा आइतबार सुनको मूल्य तोलामा ३ हजार ६०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य पनि तोलामा ५० रुपैयाँले वृद्धि भएको छ।
आइतबार छापावाल सुन प्रतितोला ३ लाख ५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार छापावाल सुन प्रतितोला ३ लाख १ हजार ६०० रुपैयाँमा खरिद–बिक्री भएको थियो।
त्यस्तै, चाँदीको मूल्य प्रतितोला ४ हजार ७१० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। शुक्रबार चाँदी प्रतितोला ४ हजार ६६० रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य उच्च रहेको छ। आइतबार सुन प्रतिऔँस ४ हजार ३७७ अमेरिकी डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔँस ६४ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।














