दुर्गा प्रसाईंको घरमा प्रहरीको खानतलासी

Image

मेडिकल व्यवसायी दुर्गा प्रसाईंको घरमा प्रहरीले खानतलासी गरेको छ । भक्तपुरको मध्यपुर थिमि नगरपालिकास्थित कमेरोटारमा रहेको प्रसाईंको निवासमा प्रहरीले खानतलासी गरेको हो ।

बिहीबार बेलुका जिल्ला प्रहरी परिसर भक्तपुर र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको संयुक्त टोलीले प्रसाईंको घरमा खानतलासी गरेको हो ।

पछिल्लो समय प्रसाईं लघुवित्त पीडितहरूको आन्दोलनमा लागेका छन् । शान्तिसुरक्षामा बाधा पुर्‍याएको भन्दै उनी बारम्बार पक्राउ समेत पर्दै आएका छन् ।