सेयरबजारमा साताको पहिलो कारोबार दिन नै १९.१३ अंकको गिरावट आएको छ।
नेपाल स्टक एक्सचेन्जका अनुसार सूचक उक्त अंकले घटेर २५९९.५८ विन्दुमा झरेको हो । यस दिन ३ अर्ब २३ करोडको रुपैयाँको सेयर किनबेच भएको नेप्सेले जनाएको छ। जम्मा ८५ लाख ७२ हजार कित्ता किनबेचमा यो परिमाणमा कारोबार भएको हो।
यस दिन २२९ वटा सेयरको मूल्य घट्दा ४७ वटाको बढेको र दुईवटाको यथावत् रहेको छ। सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिज १४.९९ प्रतिशत र धौलागिरि लघुवित्त ११.९८ प्रतिशतले बढे पनि बाँकी सेयरहरुमा ९.१४ प्रतिशतसम्म मात्रै वृद्धिदर छ। सोमबार गिरावट आएका सेयरहरु ९.८३ प्रतिशतसम्मले ओर्लिएका छन्।
कारोबारमा रिलायन्स स्पिनिङ मिल्स अगाडि छ। कम्पनीको १२ करोडको मात्र कारोबार भएको छ।













