सेयरबजार मंगलबार पनि ५.३० अंकले घटेको छ।
नेप्से उक्त अंकले घटेर २५९४.२७ विन्दुमा झरेको हो। योसँगै बजारमा ४ अर्ब १० करोडको कारोबार भएको छ। कुल १ करोड कित्ता किनबेचमा उक्त परिमाणको किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। यस दिन ७८ वटा सेयरको मूल्य बढ्दा १८७ वटाको घटेको र १२ वटाको स्थिर रहेको छ।
बढ्नेमध्ये सर्वोत्तम पेन्ट इन्डस्ट्रिज १४.९९ प्रतिशत र क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स १४.९५ प्रतिशत छन्। यीबाहेक बाँकी सेयरहरु ६ प्रतिशतसम्म बढेका छन्।
घट्नेमा धौलागिरि लघुवित्त अगाडि छ। कम्पनीको १०.०७ प्रतिशत गिरावट आएको छ। बाँकी सेयरहरु ५.४३ प्रतिशतसम्मले घटेका छन्। यस दिन मकर जितुमाया सुरी हाइड्रोपावरको ९० करोडको कारोबार भएको छ। बाँकी कारोबारहरु १७ करोडसम्म मात्र छ।
यस दिन विकास बैंक, निर्जीवन बीमा बढे पनि बाँकी सूचकहरु घटेका छन्।












