अस्ट्रेलियाले नेपाललाई ५० लाख अमेरिकी डलर सहायता दिने भएको छ।
अस्ट्रेलियन सरकारले बाढी प्रभावितको राहत, उद्धार र पुनर्स्थापनामा सहयोगका लागि उक्त घोषणा गरेको हो। नेपालको बाढीमा कम्तीमा ३९ अस्ट्रेलियालीहरु पनि सम्पर्कविहीन छन्। अस्ट्रेलियाली विदेशमन्त्री पेनी वङले नेपालमा बाढीप्रभावितका लागि उक्त मानवीय सहायता उपलब्ध गराउन लागेको बताएकी छिन्।
त्यस्तै नेपालको प्रभावित क्षेत्रमा तत्कालै सहयोग चाहिएमा डिपार्टमेन्ट अफ फरेन अफेयर्स एन्ड ट्रेड (डीएफएटी)को २४ घण्टे कन्सुलर इमर्जेन्सी सेन्टरको १३०० ५५५ १३५ वा बाहिरबाट ६१ २ ६२६१ ३३०५ मा सम्पर्क गर्न सकिने जनाइएको छ।












