टिमुरे, स्याफ्रुबेँसी र मैलुङबाट सेनाले गर्‍यो ४४९ जनाको उद्धार

Image

नेपाली सेनाले शुक्रबार बिहानयता बाढी प्रभावित क्षेत्रबाट ४४९ जनाको उद्धार गरेको छ ।

“रसुवामा आएको बाढीका कारण प्रभावितहरूको उद्धारका क्रममा नेपाली सेनाका हेलिकोप्टरद्वारा २०८३ भाद्र १२ गतेको १२:२० बजेसम्म टिमुरे, स्याफ्रुबेँसी, मैलुङलगायतका इलाकाहरूबाट १७ जना विदेशी नागरिक सहित ४४९ जनाको उद्धार गरिएको छ,” नेपाली सेनाले शुक्रबार गरेको विज्ञप्तिमा भनिएको छ ।

प्रभावित जिल्लाहरूमा नेपाली सेनाको करिब ४ हजार ५ सयभन्दा बढी फौज खटिएको छ । बाढी प्रभावित क्षेत्रमा समन्वयात्मक रूपमा घाइतेहरूको खोज तथा उद्धार कार्य, आपत्कालीन उपचार तथा राहत सामग्री वितरण कार्य भइरहेको सेनाले जनाएको छ ।