नेपाली ‘ए’ टोलीले अस्ट्रेलियामा एकदिवसीय खेल खेल्ने

Image

अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल ‘ए’ टोलीले तीन एकदिवसीय खेल खेल्ने भएको छ। 

नेपाली टोलीले बुधबार तास्मानियासँग पहिलो खेल खेल्नेछ। दोस्रो खेल शुक्रबार दक्षिण अस्ट्रेलियासँग खेल्नेछ।  आइतबार न्युजिल्यान्डको ‘ए’ टोलीसँग तेस्रो एकदिवसीय खेल खेल्ने तालिका छ। 

यसअघि नेपाल ‘ए’ टोलीले टप एन्ड टी-२० सिरिज खेलेको थियो।