काभा बिच भलिबल टुर : महिलातर्फ नेपालका दुवै टोली विजयी

Image

भुटानमा जारी सेन्ट्रल एसिया भलिबल संघ (काभा) बिच भलिबल टुरमा महिलातर्फ नेपालका दुवै टोलीले जित निकालेका छन् । 

शुक्रबार नेपालका दुवै टोलीले भुटानलाई २–० को सोझो सेटमा पराजित गरेका हुन् ।  पहिलो खेलमा भावना डाँगी र सुनिता डांगीको जोडीले किन्ले र रिन्चेनको जोडीविरुद्ध २१–१२, २१–८ को सहज जित निकाल्यो । 

यसैगरी, दोस्रो खेलमा कमला पुन र कोपिला रानाको जोडीले एकतर्फी जित निकाल्ने क्रममा भु कर्मा र डिचेनको जोडीलाई २१–५, २१–१६ ले निरास बनायो ।  शुक्रबार नै पुरुषतर्फ झमनसिंह दर्जी र शरण कार्कीको जोडीले भारतसँग सोझो सेटमा हार व्यहोर्दा भुटानलाई सोझो सेटमै पराजित गर्‍यो । 

यता, महेन्द्र श्रेष्ठ र राजकुमार निरौलाको जोडी भने बंगलादेशसँग २–१ को सेटमा निरास बन्यो ।