ग्यासकै लागि मन्त्री फेर्दै जाने हो भने सिलिन्डरभन्दा मन्त्रीको लाइन लामो हुन्छ: आशिका तामाङ

Image

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले ग्यास अभावको समस्या तत्काल समाधान गर्न सरकारसँग माग गरेकी छन्। 

शुक्रबार प्रतिनिधिसभा बैठकमा आफ्ना धारणा राख्दै उनले ग्यासकै लागि मन्त्री फेर्नुभन्दा दाउरामा भात पकाएर खानको लागि सरकारले जनतालाई आह्वान गर्नुपर्ने माग गरिन्।

‘महिनैपिच्छे ग्यासको लागि मात्र मन्त्रीहरू परिवर्तन गर्दै जाने हो भने ग्यास सिलिन्डरभन्दा मन्त्रीको लाइन बढी हुन्छ। भोकभोकै बस्नुपर्ने दिन हेर्न नै जनताले हामीलाई दुई तिहाइ नजिकको भोट दिएका होइनन्। ग्यास दिन नसक्ने हो भने बरु जनतालाई दाउरामा भात पकाएर खान सरकारले भन्नु पर्‍यो।’