एनभिएलः काठमाडौं र कर्णाली फाइनलका लागि भिड्दै

Image

काठमाडौँमा जारी एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) को फाइनल प्रवेशका लागि कर्णाली शिवराज र काठमाडौँ रेड्स भिड्दैछन्। 

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुने खेल साँझ ६ बजे सुरु हुनेछ। 

कर्णाली दोस्रो र काठमाडौँ तेस्रो स्थानमा रहेर प्लेअफ खेल्न लागेका हुन्। यो खेलको विजेताले उपाधिका लागि अन्नपूर्ण स्पाइकर्ससँग खेल्नेछ। 
बिहीबार भएको खेलमा अन्नपूर्णले सगरमाथा स्म्यासर्सलाई ३–१ को सेटमा हराउँदै फाइनलमा स्थान बनाएको थियो। 

बिहीबार नै भएको खेलमा मधेस वारियर्सलाई ३–१ को सेटमा नै हराउँदै कर्णालीले प्लेअफमा स्थान बनाएको हो। 

कर्णालीले ४ खेलमा जित र १ खेलमा हार भोग्दै ११ अंकमा दोस्रो स्थानमा रह्यो। 

अर्को खेलमा खप्तडलाई ३–२ को सेटमा हराउँदै काठमाडौले कर्णालीसँगको भेट पक्का गरेको थियो। समान ४ खेलमा जित र १ खेलमा हार भोगेको काठमाडौँ १० अंकमा तेस्रो स्थानमा रहँदै प्लेअफमा स्थान बनाएको हो। 

फाइनल खेल शनिबार हुनेछ।