राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले शिष्टाचार भेटवार्ता गरेका छन्।
मंगलबार साँझ राष्ट्रपति भवन शीतल निवास पुगेर अध्यक्ष दाहालले राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका हुन्। भेटका क्रममा भोटेकोसी बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिबारे छलफल भएको छ।
त्यस्तै, खोज र उद्धार तथा प्रभावितलाई राहत, अस्थायी आवासको व्यवस्थापन तथा दीर्घकालीन पुनर्स्थापनालगायतका विषयमा कुराकानी भएको जनाइएको छ।
यससँगै राष्ट्रिय सभाका कामकारबाही, चालु अधिवेशनको प्रभावकारिता र नयाँ विधेयकको अवस्थाबारे पनि छलफल भएको छ।














