प्रधान सेनापति सिग्देल र चिनियाँ रक्षामन्त्री डोङ जुनबीच भेटवार्ता

Image

प्रधान सेनापति अशोकराज सिग्देलले चीन भ्रमणका क्रममा चिनियाँ रक्षामन्त्री एडमिरल डोङ जुनसँग बिहीबार बेइजिङमा भेटवार्ता गरेका छन्।

भेटवार्तामा आपसी हित तथा नेपाल–चीन सैनिक सम्बन्धका विविध विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ। चीन भ्रमणका क्रममा प्रधान सेनापति सिग्देलले चीनको राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय (एनडीयू) को निरीक्षण भ्रमणसमेत गरेका छन्।

उनले विश्वविद्यालयका गतिविधि तथा शैक्षिक कार्यक्रमबारे जानकारी लिएका थिए। त्यसैगरी, प्रधान सेनापति सिग्देलले १३औँ बेइजिङ सियाङसान फोरमको उद्घाटन सत्रमा समेत सहभागिता जनाएका छन्।

सिग्देलको चीन भ्रमणलाई नेपाल–चीनबीचको सैनिक सम्बन्ध तथा पारस्परिक सहयोगका विषयमा उच्चस्तरीय छलफल र सहकार्यका रूपमा हेरिएको छ।