एसियाड भलिबलमा नेपाल इन्डोनेसियासँग पनि पराजित

Image

जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत महिला भलिबलमा नेपालको पदक सम्भावना समाप्त भएको छ।

बिहीबार दोस्रो हार भोगेपछि महिला भलिबल टोलीको यात्रा समूह चरणमा नै सिमित बनेको हो। आइचीस्थित पार्क एरिना कोमाकीमा भएको समूह ‘ए’ को आफ्नो अन्तिम खेलमा नेपाल इन्डोनेसियासँग ३-० को सोझो सेटमा पराजित भयो।

नेपालले पहिलो सेट २५-१२ ले गुमायो। दोस्रो सेटमा नेपाली टोलीले इन्डोनेसियालाई केही चुनौती दिए पनि २५-२१ ले पराजित भयो। तेस्रो तथा अन्तिम सेट पनि २५-२० ले सहजै गुमायो।

समूह चरणको पहिलो खेलमा नेपाली टोली एसियाली पावर हाउस जापानसँग ३-० कै सोझो सेटमा पराजित भएको थियो। नेपालले अब वरियताका लागि खेल्नेछ। नेपालले खेल्ने टोलीको टुङ्गो लाग्न भने बाँकी नै छ। आफ्नो पहिलो खेलमा नेपाललाई समान ३-० को सेटमा हराएका जापान र इन्डोनेसिया शुक्रबार खेल्नेछन्।

एसियाडमा २२ खेलका ५६ महिला र ८० पुरुष गरि १३६ खेलाडीले नेपालको प्रतिनिधित्व गर्दै छन्।