नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बुधबार (असोज ७) ओरालो लागेको छ । नेप्से सूचक ३६.२५ अंक अर्थात् १.३६ प्रतिशतले घटेर २६ सय १८.०३ विन्दुमा बन्द भएको हो । मंगलबार (असोज ६) नेप्से सूचक ७.०६ अंक अर्थात् ०.२६ प्रतिशतले बढेर २६ सय ५४.२८ विन्दुमा बन्द भएको थियो ।
यस दिन कुल ३५२ कम्पनीको दुई करोड १६ लाख २२ हजार ७२८ कित्ता सेयर किनबेच भयो । कुल कारोबार रकम ६ अर्ब ३५ करोड ६६ लाख ११ हजार ३९५ रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा कम कारोबार हो । कुल ५७ हजार ९४७ कारोबारमार्फत उक्त सेयर किनबेच भएको नेप्सेले जनाएको छ ।
मंगलबार कुल सात अर्ब पाँच करोड ३९ लाख ९८ हजार ६२४ रुपैयाँबराबरको कारोबार भएको थियो । बुधबार २३ कम्पनीको मात्र सेयर मूल्य उकालो लाग्यो । २५३ कम्पनीको सेयर मूल्य ओरालो लाग्यो । दुई कम्पनीको सेयर मूल्य स्थिर रह्यो । सबैभन्दा बढी कमाउने कम्पनीमा धौलागिरि लघुवित्त वित्तीय संस्था, सीवाईसी लघुवित्त वित्तीय संस्था, निफ्रा ग्रीन इनर्जी डिवेञ्चर छन् । सबैभन्दा बढी गुमाउने कम्पनीमा फर्स्ट माइक्रोफाइनान्स, माउन्ट एभरेस्ट पावर डेभलपमेन्ट र कालिका लघुवित्त वित्तीय संस्था छन् ।
सबै उपसमूहको सेयर मूल्य घटेको नेप्से तथ्यांकमा उल्लेख छ ।














