कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी (सीडीओ) जनार्दन गौतमले राजीनामा दिएका छन्।
सहसचिव गौतमले असोज १४ गतेदेखि लागू हुने गरी गृह मन्त्रालयमा राजीनामा बुझाएका हुन्। सेवा अवधिको सात महिना बाँकी छँदै उनले बिहीबार राजीनामा दिएका छन्।
सहसचिव गौतम ५८ वर्ष पूरा भएर २०८४ वैशाख ५ गते मात्र अनिवार्य अवकाशमा जाने थिए। तर, कपिलवस्तुको सीडीओ भएको ११ महिनामै उनले पदबाट राजीनामा दिएर स्वच्छिक अवकाश रोजेका छन्।
उनी गत कात्तिक १३ गते सीडीओमा हाजिर भएका थिए। २०७७ चैतमा सहसचिव भएका गौतमले उदयपुर, सप्तरी, सिन्धुली, तनहुँ, गुल्मी, कपिलवस्तुलगायतका जिल्लाको प्रशासनिक नेतृत्व गरेका गरेका थिए।
यसअघि झापाका तत्कालीन सीडीओ शिवराम गेलाल र दोलखाका सीडीओ हरिप्रसाद घिमिरेले पनि राजीनामा दिएका थिए।














