सुनको मूल्य तोलामा २१ सयले घट्यो

Image

स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेको छ । सोमबार (असोज २६) सुनको मूल्य तोलामा दुई हजार १०० रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यस दिन सुन तोलामा दुई लाख ९४ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार प्रतितोला दुइृ लाख ९६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । 

त्यस्तै, चाँदीको मूल्य तोलामा २५ रुपैयाँ घटेको छ । चाँदी प्रतितोला चार हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।