नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक साताको अन्तिम दिन शुक्रबार (असोज २३) दोहोरो अंकले बढेको छ । यस दिन नेप्से सूचक १३.१८ अंक अर्थात् ०.५१ प्रतिशतले बढेर २५८७.८३ विन्दुमा बन्द भएको छ । बिहीबार नेप्से सूचक २.३१ अंकले बढेर २५७४.६५ विन्दुमा बन्द भएको थियो ।
आज सबै उपसमूहको परिसूचकमा हरियाली छाएकाे छ । कुल ३५२ कम्पनीको एक करोड २३ लाख ५७ हजार ३६३ कित्ता सेयर किनबेच भयो । कुल कारोबार रकम चार अर्ब ५९ करोड ५३ लाख ६० हजार ८६८ रुपैयाँ पुगेको छ । कुल ४९ हजार ७०७ कारोबारमार्फत उक्त सेयर किनबेच भएको नेप्सेले जनाएको छ ।
यसदिन १५६ कम्पनीको सेयर मूल्य उकालो लाग्दा १११ कम्पनीको सेयर मूल्य ओरालो लाग्यो । यस्तै, १२ कम्पनीको सेयर मूल्य स्थिर रह्यो ।
सबैभन्दा बढी कमाउने कम्पनीमा कुथेली बुखारी हाइड्रोपावर, सोलु हाइड्रोपावर र विकास हाइड्रोपावर रहेका छन् । यस्तै, सबैभन्दा बढी गुमाउने कम्पनीमा रिड्जे लाइन इनर्जी, ९ प्रतिशतको आईसीएफसी फाइनान्स र १० प्रतिशतको प्राइम डिवेञ्चर २०८८ रहेको छ ।














