ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

Image

मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८ गुम्बाचोकनजिक ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका–९ एचआईडी निवासी करिब ५५ वर्षीय श्यामकुमार तामाङ छन् ।

प्रहरीका अनुसार बुधबार बिहान ७ः३० बजे हेटौँडाबाट रातोमाटेतर्फ जाँदै गरेको ना.४२ प ७२८३ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको ग १ ख ९४२४ नम्बरको ट्रकले ठक्कर दिएको थियो ।

दुर्घटनामा घाइते भएका तामाङलाई उपचारका लागि हेटौँडा अस्पताल पुर्‍याइएको थियो । उपचारका क्रममा बिहान ७ः५५ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

दुर्घटनापछि प्रहरीले मोटरसाइकल, ट्रक र ट्रक चालक सर्लाहीको धनकौल गाउँपालिका–१ निवासी ४४ वर्षीय नागेश्वर महतोलाई नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।