ब्राजिलका वामपन्थी नेता लुइज इनासियो लुला दा सिल्भा चौथो कार्यकालका लागि राष्ट्रपति निर्वाचित भएका छन् ।
पहिलो चरणमा पछि परेका ८० वर्षीय लुलाले दोस्रो चरणको निर्वाचनमा ४५ वर्षीय सिनेटर फ्लाभियो बोल्सोनारोलाई पराजित गरेका हुन् । बोल्सोनारो पूर्व राष्ट्रपति जाइर बोल्सोनारोका छोरा हुन् । ब्राजिलको निर्वाचन कार्यालयका अनुसार लुलाले ५१.८ प्रतिशत र बोल्सोनारोले ४८.२ प्रतिशत सदर मत प्राप्त गरेका छन् ।
यससँगै सन् २०२७ देखि २०३० सम्म लुलाले ब्राजिलको नेतृत्व गर्नेछन् । पहिलो चरणको निर्वाचनमा लुलाभन्दा बोल्सोनारो अगाडि थिए । तर दोस्रो चरणमा लुलाले पुनरागमन जित हासिल गरेका छन् ।
अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुका अनुसार सन् १९८९ मा प्रजातान्त्रिक निर्वाचन पुनः सुरु भएदेखि २०२२ सम्म ब्राजिलको राष्ट्रपतीय निर्वाचनमा पहिलो चरणमा अग्रता लिने उम्मेदवार नै दोस्रो चरणमा पनि विजयी हुने गरेका थिए। सन् २०२६ मा लुलाको जितसँगै त्यो क्रम पहिलोपटक टुटेको छ ।















